सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी कार्य जारी_डोटी खबर

सरिता कठायत
बैशाख ८, डोटी
डोटी_ डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा एक युवक बगेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँ घर भई हाल डोटीको घोलतडास्थित CAB दुनिला क्रसर कम्पनीमा काम गर्ने २२ वर्षीय दीपक बोहरा रहेका छन् । मंगलबार  दिउँसो करिब १:५० बजेको समयमा नदीमा नुहाइरहेका बेला उनी अचानक बगेर बेपत्ता भएका हुन् । घटनाबारे दिउँसो २:५० बजे क्रसर कम्पनीका सञ्चालक भानु बोहराले टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको थियो । इप्रकाबाट प्रहरी नायब निरीक्षक डम्बर कठायतको कमाण्डमा ८ जना र सशस्त्र प्रहरी बल ३६ नं. गण जोगीडाब्रेबाट सशस्त्र प्रहरी निरीक्षक सुजन पोख्ररेलको कमाण्डमा १३ जना गरी जम्मा २१ जनाको टोली दिउँसो ३:३० बजेदेखि खोजी कार्यमा जुटेको छ । हालसम्म बेपत्ता बोहराको अवस्था अज्ञात रहेको र सुरक्षाकर्मीहरूले खोजी कार्यलाई तीव्रता दिएको जानकारी प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी कार्य जारी_डोटी खबर

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी कार्य जारी_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला