स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

चैत्र २६ डोटी,
डोटी — डोटी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी, कार्यरत शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध गरेको छ।क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको संख्या ठूलो रहेको र अधिकांश विद्यार्थी आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रबाट आउने भएकाले आकस्मिक तथा नियमित स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न आवश्यक देखिएको स्ववियु सभापति इन्द्र राणाले बताएका छन् । यसै सन्दर्भमा स्ववियु डोटी बहुमुखी क्याम्पसले जिल्ला अस्पतालसमक्ष विभिन्न मागहरू प्रस्तुत गरेको छ।
प्रमुख मागहरू:
१. क्याम्पसका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा सहुलियत (छुट) प्रदान गरिनुपर्ने।
२. आकस्मिक सेवामा प्राथमिकता (Emergency Priority Service) व्यवस्था गरिनुपर्ने।
३. नियमित स्वास्थ्य परीक्षण तथा स्वास्थ्य विषय अध्ययनरत विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनुपर्ने।
४. आवश्यक औषधि तथा उपचार सेवामा विशेष सहजीकरण गरिनुपर्ने।
५. गम्भीर बिरामीहरूको उपचारमा सहजीकरण तथा प्रभावकारी रेफरल सेवा सुनिश्चित गरिनुपर्ने।
स्ववियुले प्रस्तुत मागहरूलाई जिल्ला अस्पताल डोटी व्यवस्थापन समितिका अध्यक्ष भरत बोहराले  यथाशीघ्र सम्बोधन गर्ने विश्वास बताए । साथै, यस पहलले क्याम्पसका विद्यार्थीहरूलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने अपेक्षा गरिएको राणाले जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ