एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

सरिता कठायत
चैत्र १९ डोटी ,
डोटी — माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर सुरु भएको छ। डोटी जिल्लामा भने यस वर्ष कुल ३ हजार १ सय ८२ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ डोटीका प्रमुख भिम प्रसाद पनेरूका अनुसार नियमिततर्फ २ हजार ३८० जना विद्यार्थी सहभागी छन्, जसमा १ हजार २०५ छात्र र १ हजार १७५ छात्रा रहेका छन्। यस्तै, ग्रेडवृद्धि (पूरक) तर्फ ८०२ जना विद्यार्थी सहभागी छन्, जसमा २५६ छात्र र ५४६ छात्रा रहेका छन्। जिल्लामा कुल सहभागीमध्ये १ हजार ४६१ छात्र र १ हजार ७१८ छात्रा रहेका छन्। एसइई परीक्षा सञ्चालनका लागि डोटीमा १३ स्थानमा १५ वटा परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन आवश्यक सुरक्षा तथा व्यवस्थापकीय तयारी पूरा गरिएको पनेरुले  जनाएका छन्। यस वर्षको एसइई परीक्षा विहान ८ बजेदेखि सुरू भएर ११ बजेसम्म सञ्चालन हुने भएको छ ।परिक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।  जिल्लाभरका परीक्षा केन्द्रहरूमा विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भइरहेका  छन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ