डोटी खबर
चैत्र १८
डोटी — जिल्लाको के.आई. सिंह गाउँपालिका–५ सैनस्थित सेती नदी किनारमा एक पुरुषको वेवारिसे शव फेला परेको छ।
मंगलबार बिहान करिब १०:४० बजे स्थानीयवासीले नदी किनारमा पानीभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरीक्षक डम्बर कठायतको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन। शव अर्ध सडेको अवस्थामा घोप्टो परेको भेटिएको जनाइएको छ। यसैबीच, थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षक नवराज रावलको नेतृत्वमा सोही टोलीसहित ५ जनाको टोली ११:५५ बजे घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
