मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

सरिता कठायत
चैत्र २२ डोटी
डोटी _ मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, समूहगाड शाखाको आयोजनामा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। आइतबार डोटीको पिपल्लास्थित होटल घटालमा एक विशेष समारोहका बीच उक्त कार्यक्रम सञ्चालन गरिएको हो। समूहगाड शाखाका प्रबन्धक जगतराज अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाकी उप-प्रमुख कलावती साउद प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि साउदले वर्तमान युगमा वित्तीय ज्ञान हुनु आवश्यकता मात्र नभई अनिवार्य रहेको बताउनुभयो । उहाँले ग्रामीण भेगका महिलाहरूलाई आर्थिक रूपमा सचेत बनाउन मेरो माइक्रोफाइनान्सले गरेको यो प्रयास उत्कृष्ट रहेको भन्दै प्रशंसा गर्नुभयो। कार्यक्रमका विशिष्ट अतिथि शिखर नगरपालिका वडा नं. १ का अध्यक्ष दीपक बहादुर बोगटीले मेरो माइक्रोफाइनान्सलाई जनताको सुख-दुःखको साथीको रूपमा चित्रण गर्दै संस्थाले गाउँघरमा पुर्‍याएको सेवाको सराहना गर्नुभयो। यस्तै, अतिथि इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख डम्बर बहादुर कठायतले पनि वित्तीय चेतनाको महत्त्वबारे चर्चा गर्नुभएको थियो। कार्यक्रममा संस्थाका सुदूरपश्चिम प्रदेश प्रमुख सरोज पण्डितले उपस्थित सहभागीहरूलाई बचत, कर्जा, बीमा तथा विप्रेशण (रेमिट्यान्स) सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले वित्तीय अनुशासन र सुरक्षित लगानीका विषयमा समेत ग्राहकहरूलाई जानकारी गराउनुभयो। संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित यस एक दिने कार्यक्रममा दिपायल सिलगढी, शिखर नगरपालिका र के.आई. सिंह गाउँपालिकाका १०३ वटा केन्द्रका ११० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सो अवसरमा उत्कृष्ट कार्य गर्ने ४ वटा केन्द्रलाई पुरस्कृत समेत गरिएको थियो, जसमा दिपायल सिलगढी-२ को ‘मेरो शिवशक्ति महिला केन्द्र’ (केन्द्र नं. ३७) प्रथम हुन सफल भयो। कार्यक्रमको समापन गर्दै शाखा प्रबन्धक जगतराज अधिकारीले ग्राहकहरूको साथ र समर्थनले नै संस्था यहाँसम्म आइपुगेको बताउनुभयो। उहाँले आगामी दिनमा अझ परिष्कृत र उत्कृष्ट वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। कार्यक्रमको सहजीकरण संस्था कर्मचारी मेघराज साउदले  गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ