डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

सरिता कठायत
डोटी चैत्र २१
डोटी _ धनगढीबाट अछामतर्फ जाँदै गरेको एक विद्युतीय सवारी साधन (EV Hiace) शनिबार डोटीको चिसापानीमा दुर्घटनामा परेको छ । के.आई. सिंह राजमार्ग अन्तर्गत दिपायल सिलगढी नगरपालिका – ५ चिसापानीमा हाईस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार, शनिबार विहान ४:३० बजेको समयमा सु. प. प्र ०२००१ ज ०२३९ नम्बरको हाईस दुर्घटनामा परेको हो । अछामको चौरपाटी गाउँपालिका–१, सिउडी बस्ने ४५ वर्षीय शंकर शाहाले चलाएको उक्त हाईसमा कुल १५ जना यात्रु सवार थिए । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) डबल बहादुर कठायतको कमाण्डमा ८ जनाको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । दुर्घटनामा परी ४ जना यात्रु घाइते भएका छन् । उनीहरूलाई तत्काल उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पताल पिपल्लामा पुर्‍याइएको छ । प्रहरीका अनुसार घाइतेहरूको नाम र अवस्था :
१.  अमृता साउँद (५१ वर्ष )  पूर्वीचौकी गा.पा.-५, डोटी (छातीमा चोट, अवस्था मध्यम) ।
२. प्रकाश साउँद (२६ वर्ष ) पूर्वीचौकी गा.पा.-५, डोटी (घुँडामा चोट, अवस्था सामान्य) ।
३. कला साउँद (२५ वर्ष ) चौरपाटी गा.पा.-६, अछाम (हात र ढाडमा चोट, अवस्था मध्यम) ।
४. कमला थापा (१९ वर्ष) चौरपाटी गा.पा.-१, अछाम (टाउकोमा चोट, अवस्था सामान्य) । हाईसमा सवार अन्य ११ जना यात्रुहरू भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । मोडमा सवारी अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ