एच.पि.भी खोप सम्बन्धि वडा स्तरीय खोप समन्वय  समितिका पदाधिकारी तथा विद्यालयका शिक्षकहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम

सरिता कठायत
माघ १४ डोटी
डोटी: डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका १ तिखा स्वास्थ्य चौकीमा एच. पि. भी खोप सम्बन्धि वडा स्तरीय खोप समन्वय  समितिका पदाधिकारी तथा विद्यालयका शिक्षकहरूका लागि १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको  छ । सोमबार तिखा स्वास्थ्य चौकीको आयोजनामा पाठेघरको मुखको क्यान्सर विरूद्व एच.पि.भी खोप अभियान सम्बन्धि सरोकारवालाहरू सँग १ दिने कार्यक्रमको आयोजना गरिएको थियोे । समुदायमा रहेका र विद्यालयमा रहेका किशोरीहरूलाई एच. पि.भी खोप लगाउनमा  सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्ने दिपायल सिलगढी नगरपालिका वडा  नम्बरका १ का वडा अध्यक्ष कृष्ण बहादुर साउदले बताए । समयमै किशोरीहरूले  एच. पि.भी खोप लगाउदा पछि गएर पाठेघरको मुखको क्यान्सर हुन बाट बच्ने जिल्ला स्वास्थ्य कार्यालय डोटीका वरिष्ठ स्वास्थ्य अधिकृत रमेश मलासिले जानकारी गराए । एच.पि.भी खोपलाई  विद्यालयमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र समुदयामा रहेका १० वर्ष देखि १४ वर्ष उमेर समुहका किशोरीहरूलाई लगाइने दिपायल सिलगढी नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले जानकारी गराएका छन । तिखा स्वास्थ्यचौकीले एच. पि. भी खोप अभियान माघ २२ गते कालिका उद्योग निम्नमाध्यमिक विद्यालाय सिरखोली सैनमा २३ गते मगलेक माध्यमिक विद्यालय तिखा २४ गते बालविकास केन्द्र गैरा र २५ गते तिखा स्वास्थ्य चौकीमा खोप लगाइने तिखा स्वास्थ्यचौकीका प्रमुख गंगा कुवरले बताइन् । उनले १ नम्बर वडामा १८२ जना किशोरीहरूलाई एच. पि.भी ख‍ोप लगाइने कुवरले जानकारी गराइन् । सो कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव , जिल्ला स्वास्थ्य कार्यालय प्रमुख,दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख,विद्यालयका प्रअहरू,महिला स्वास्थ्य स्वयंसेविकाहरू, आमासमुहका पदाधिकारी बाल क्लब र पत्रकाहरूको उपस्थिति रहेको  थियोे ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी कार्य जारी_डोटी खबर

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी कार्य जारी_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला