
सरिता कठायत
माघ ४ डोटी
डोटी: डोटी जिल्लाको लडागडा स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा न्यूनतम सेवा मापदण्ड सुदृढीकरण कार्यक्रम दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडा स्वास्थ्य चौकीमा गरिएको थियोे । नेपाल सरकारले स्वास्थ्य संस्था व्यवस्थापन र संचालनमा के कस्तो छ भनेर न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रमको अवधारणा ल्याएकोले यो कार्यक्रमको आयोजना गरिएको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले बताए । लडागडा स्वास्थ्य चौकीमा हरेक वर्ष झै यस वर्ष पनि वार्षिक कार्यक्रम अनुसार न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण फलोअप कार्यक्रममा निलो कलर कोड ६०% बाट हरियो कलर कोड ८५% मा परेको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाका सि.अ.न. मि. छैठौं सम्झना पछाईले जानकारी गराइन् । यस भन्दा पहिले को नम्बर हेर्ने हो भने आ.व २०७९/८० मा २०७९/९/२७ गतेसम्ममा ६०% पहेलो कलरमा २०८०/३/१३ गतेसम्म ६७% पहेलो कलरमा आ.व २०८०/८१ मा
२०८०/०९ /२४ गतेसम्म ८१% निलो कलरमा
२०८१/३/२० गतेसम्म ७७% निलो कलरमा र आ. व २०८१/८२ को पहिलो फलोअपमा २०८१/१०/ ०३ गतेसम्म ८५% हरियो कलरमा आएर नगरपालिकाका ४ वटा स्वास्थ्यचौकीको मूल्यांकन गर्दा प्रथम स्थान हासिल गरि ८५% हरियो कलर कोडमा पर्न सफल भई पहिलाको तुलनामा धेरै सुधार भएको पाएको पछाईले बताइन् । तिखा स्वास्थ्यचौकी मा -७५% निलो कलर कोड,खातिवडा स्वास्थ्यचौकीमा ७०% निलो कलर कोड , कलेना स्वास्थ्यचौकीमा ७०% निलो कलर कोड र लडागडा स्वास्थ्यचौकीमा ८५% हरियो कलर कोड अंक प्राप्त गरिएको पछाईले जानकारी गराइन् । लडागडा स्वास्थ्य चौकीमा मूल्यांकनमा दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाका सि.अ.न मी छैठौं सम्झना पछाई. तिखा स्वास्थ्यचौकी प्रमुख ज.स्वा.नि गंगा कुंवर,दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा क. अ राजेश मलासि लगायतको टिम गएको थियो । न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रममा साथ दिने दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा परिवार, वडा नं ८ वडा कार्यालय परिवार,स्वास्थ्य कार्यालय डोटी परिवार,लडागडा स्वास्थ्य चौकी कार्यालय परिवार,सामुदायिक विकास केन्द्र डोटी गुड नेवर्स इन्टरनेशनल,नेपाल रेडक्रस सोसाइटी सुनादेवी उपशाखा लगायत सम्पुर्ण सहयोगी सरकारी तथा गैरसरकारी संस्थाहरूलाई दिपायल सिलगढी नगरपालिका ८ लडागडा स्वास्थ्य चौकी प्रमुख नरेश कुमार बोहराले धन्यवाद दिएका छन् ।