लडागडा  स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रम सम्पन्न

सरिता कठायत
माघ ४ डोटी
डोटी: डोटी जिल्लाको लडागडा  स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा न्यूनतम सेवा मापदण्ड सुदृढीकरण कार्यक्रम  दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडा स्वास्थ्य चौकीमा गरिएको थियोे । नेपाल सरकारले स्वास्थ्य संस्था व्यवस्थापन र संचालनमा के कस्तो छ भनेर न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रमको अवधारणा ल्याएकोले यो कार्यक्रमको आयोजना गरिएको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले बताए । लडागडा स्वास्थ्य चौकीमा हरेक वर्ष झै यस वर्ष पनि वार्षिक कार्यक्रम अनुसार न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण फलोअप  कार्यक्रममा  निलो कलर  कोड  ६०% बाट  हरियो कलर कोड ८५% मा परेको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाका सि.अ.न. मि. छैठौं सम्झना पछाईले जानकारी गराइन् । यस भन्दा पहिले को नम्बर हेर्ने हो भने आ.व २०७९/८० मा  २०७९/९/२७ गतेसम्ममा ६०%  पहेलो  कलरमा २०८०/३/१३  गतेसम्म  ६७% पहेलो  कलरमा आ.व २०८०/८१ मा
२०८०/०९ /२४ गतेसम्म ८१%  निलो  कलरमा
२०८१/३/२० गतेसम्म ७७% निलो कलरमा र आ. व २०८१/८२ को पहिलो फलोअपमा  २०८१/१०/ ०३ गतेसम्म ८५%  हरियो  कलरमा आएर नगरपालिकाका ४ वटा स्वास्थ्यचौकीको मूल्यांकन गर्दा प्रथम स्थान हासिल गरि ८५% हरियो कलर कोडमा पर्न सफल भई पहिलाको तुलनामा धेरै  सुधार भएको पाएको पछाईले बताइन्   ।  तिखा स्वास्थ्यचौकी मा -७५% निलो कलर कोड,खातिवडा स्वास्थ्यचौकीमा ७०% निलो कलर कोड , कलेना स्वास्थ्यचौकीमा ७०% निलो कलर कोड र लडागडा स्वास्थ्यचौकीमा ८५% हरियो कलर कोड अंक प्राप्त गरिएको पछाईले जानकारी गराइन् । लडागडा  स्वास्थ्य चौकीमा मूल्यांकनमा दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाका सि.अ.न मी छैठौं  सम्झना पछाई. तिखा स्वास्थ्यचौकी प्रमुख ज.स्वा.नि  गंगा कुंवर,दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा क. अ राजेश मलासि लगायतको टिम गएको थियो ।  न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रममा साथ दिने दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा परिवार, वडा नं ८ वडा कार्यालय परिवार,स्वास्थ्य कार्यालय डोटी परिवार,लडागडा स्वास्थ्य चौकी कार्यालय परिवार,सामुदायिक विकास केन्द्र डोटी गुड नेवर्स इन्टरनेशनल,नेपाल रेडक्रस सोसाइटी सुनादेवी उपशाखा लगायत सम्पुर्ण सहयोगी सरकारी तथा गैरसरकारी संस्थाहरूलाई  दिपायल सिलगढी नगरपालिका ८ लडागडा स्वास्थ्य चौकी प्रमुख नरेश कुमार बोहराले  धन्यवाद दिएका छन्  ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी कार्य जारी_डोटी खबर

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी कार्य जारी_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला