सुनौला हजार दिनका आमाहरूलाई पोषण सम्बन्धि  अभिमुखिकरण तालिम सञ्चालन

डोटी
सरिता कठायत
डोटीको दिपायल सिलगढी नगरपालिका १ मा सुनौला हजार दिनका आमाहरूलाई पोषण सम्बन्धि अभिमुखिकरण तालिम सञ्चालन भएको छ । शुक्रबार दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा दिपायल सिलगढी नगरपालिका  स्वास्थ्य शाखाको आयोजनामा सुनौला हजार दिनका आमाहरूलाई पोषण सम्बन्धि  अभिमुखिकरण तालिमको आयोजना गरिएको छ। आमा र बच्चाहरूको  पोषण अवस्था सुधार गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको दिपायल सिलगढी नगरपालिकाका  स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले बताए । उनले  नेपाल सरकारले घोषणा गरेको  पोषण सम्बन्धि हजार दिनका आमाहरूलाई पाउने सेवाहरूको बारेमा पनि जानकारी गराएको खड्काले बताएका छन् । दिपायल सिलगढी नगरपालिकाका नौ वटै वडामा पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिने खड्काले भने । कार्यक्रममा सहभागी सुनौला हजार दिनका आमाहरूलाई दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडा स्वास्थ्यचौकीका प्रमुख नरेश बोहराले सहजीकरण गरिरहेका छन । प्रत्येक वडाका १५ जना गरि जम्मा १३५ जना हजार दिनका आमाहरू कार्यक्रममा उपस्थिति रहने समेत स्वास्थ्य शाखाले जानकारी गराएको  छ । 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी कार्य जारी_डोटी खबर

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी कार्य जारी_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला