सुनौला हजार दिनका आमाहरूलाई पोषण सम्बन्धि  अभिमुखिकरण तालिम सञ्चालन

डोटी
सरिता कठायत
डोटीको दिपायल सिलगढी नगरपालिका १ मा सुनौला हजार दिनका आमाहरूलाई पोषण सम्बन्धि अभिमुखिकरण तालिम सञ्चालन भएको छ । शुक्रबार दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा दिपायल सिलगढी नगरपालिका  स्वास्थ्य शाखाको आयोजनामा सुनौला हजार दिनका आमाहरूलाई पोषण सम्बन्धि  अभिमुखिकरण तालिमको आयोजना गरिएको छ। आमा र बच्चाहरूको  पोषण अवस्था सुधार गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको दिपायल सिलगढी नगरपालिकाका  स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले बताए । उनले  नेपाल सरकारले घोषणा गरेको  पोषण सम्बन्धि हजार दिनका आमाहरूलाई पाउने सेवाहरूको बारेमा पनि जानकारी गराएको खड्काले बताएका छन् । दिपायल सिलगढी नगरपालिकाका नौ वटै वडामा पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिने खड्काले भने । कार्यक्रममा सहभागी सुनौला हजार दिनका आमाहरूलाई दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडा स्वास्थ्यचौकीका प्रमुख नरेश बोहराले सहजीकरण गरिरहेका छन । प्रत्येक वडाका १५ जना गरि जम्मा १३५ जना हजार दिनका आमाहरू कार्यक्रममा उपस्थिति रहने समेत स्वास्थ्य शाखाले जानकारी गराएको  छ । 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार