अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण

गणेश बहादुर मौनी
माघ १५ डोटी
नेपाल स्वयम सेवी रक्तदाता समाज नेपाल डोटी शाखाले १९ औ वार्षिक उत्सवको अवसरमा जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरूलाई मङ्गलवार फलफूल वितरण गरेर मनाएको छ ।
सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित संस्थाले आम नागरिकका साझा सवालमा एकजुट भएर अगाडी बढ्नु पर्छ भन्ने सन्देश प्रवाह होस भन्ने हेतुले विभिन्न कार्यक्रम गर्नुका साथै बिरामीहरूलाई फलफूल वितरण गरी दिवस मनाइएको नेपाल स्वयम सेवी रक्तदाता समाज नेपाल डोटी शाखाका उपाध्यक्ष खेमराज गुरुङले बताए । उनले भने हाम्रो मुख्य उद्देश्य भनेको डोटीमा आम नागरिकले आवश्यक परेको समयमा निःशुल्क तथा सहज रूपमा रगत पाउन भन्ने हो सोही अनुरूप पहल भइरहेको समेत बताए ।
जिल्ला अस्पतालमा भर्ना भएका सबै बिरामीहरूलाई फलफूल वितरण गरी संस्थाको कार्यको बारेमा जानकारी गराउँदा एक खालको सन्देश प्रवाह भएको जिल्ला अस्पताल डोटीमा मे. सु. सुजित मण्डलले बताए ।
फलफूल वितरण कार्यक्रममा नेपाल स्वयम सेवी रक्तदाता समाज नेपाल डोटी शाखाका पदाधिकारीहरू, स्थानीय, स्वास्थ्यकर्मी, पत्रकार लगाएको सहभागिता रहेको थियो शाखाका कोषाध्यक्ष उत्तम खड्काले बताएका थिए ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी कार्य जारी_डोटी खबर

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी कार्य जारी_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला