डोटीका तिन पालिकामा एक्सीस परियोजना लागु हुने

गणेश बहादुर मौनी
पुस ४ डोटी
डोटीका तिन पालिकामा एक्सीस परियोजना लागु हुने भएको छ ।
पिपुल ईन नीड नेपाल, नेपाल राष्ट्रिय अपाङ्ग महिला सङ्घ, अकाउन्टेबिलिटी ल्याब नेपालको संयुक्त साझेदारीमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) र सामुदायिक विकास केन्द्र डोटीले डोटीका तिन पालिका बोगटान फुड्सिल गाउँपालिका, बडीकेदार गाउँपालिका र के आई सिंह गाउँपालिकामा एक्सीस परियोजना लागु गर्न गइरहेको जिल्ला अधिकृत लक्ष्मी देउवा बमले बताइन् ।
सीमान्तकृत बालबालिकाहरूको शिक्षामा पहुँच प्रवर्द्धन गर्न नागरिक समाजको भूमिका सुदृढीकरण गर्नु मुख्य लक्ष्य रहेको परियोजनाले शुक्रवार जिल्ला समन्वय समिति डोटीको सभा हलमा परियोजना अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले जिल्लाका ग्रामीण क्षेत्रहरूमा अन्य क्षेत्रभन्दा शिक्षा क्षेत्रमा बढी लगानी गर्नु आवश्यक रहेको बताए । उनले भने आम नागरिकहरूमा चेतनाको विकास हुन आवश्यक रहेको छ त्यसको लागि शिक्षामा जोड दिनुपर्छ । डोटी जिल्लामा लागु हुन गइरहेको परियोजनाले शैक्षिक क्षेत्रमा सुधार ल्याउन कोशेढुंगा साबित हुनुपर्ने त्यसको लागि सबै क्षेत्रको सहयोग रहने समेत प्रमुख सिंहले बताए ।
शैक्षिक क्षेत्रको विकासका लागि डोटी जिल्लामा परियोजना अति आवश्यक रहेकोले डोटीका तिन पालिकामा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने कार्यक्रमका सभाध्यक्ष एवं शिक्षाका लागि राष्ट्रिय अभियानका डोटी जिल्ला संयोजक तीर्थराज पन्तले बताए । उनले परियोजनालाई सफल पार्न सबै निकाएको साथ सहयोग आवश्यक रहको समेत बताए । डोटीमा परियोजना मे २०२४ देखि अक्टोबर २०२७ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
परियोजना अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, सरोकारवाला निकाय, गैससका प्रमुख प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ