भारतलाई पराजित गर्दै नेपाल साफको फाइनलमा

काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।

यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो ।

खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो विवाद भएपछि खेल एक घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो ।

त्यसअघि खेलको ५०औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो ।

अब फाइनलमा नेपालले आगामी बुधबार बंगलादेशसँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी कार्य जारी_डोटी खबर

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी कार्य जारी_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला