फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर बिहीबार सार्वजनीक गरिएको छ ।

कोरियोग्राफरको रुपमा समेत परिचीत प्रशान्त तामाङको डेब्यु निर्देशन रहेको फिल्मको फस्र्टलुकसँगै प्रदर्शन मिति पनि तोेकिएको छ । फिल्म ०७ मंसिरबाट देशब्यापी प्रदर्शनमा आउने छ ।

पोस्टरमा अभिनेत्री ऋचा शर्मा,उत्पल झा,बालकलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ । निर्देशक तामाङ स्वयम्को लेखन रहेको फिल्मलाई टि फल्क फिल्मस्ले बितरण गर्ने छ ।

फिल्ममा समीर मणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,दीपीका थापा,सुमन सागर जंग केसी,बिश्व स्याङ्वो, प्रभातजंगलगायतको समेत अभिनय रहेको छ ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको डिओपी गोपाल राय हुन भने सम्पादन मित्र ध्वज गुरुङले गरेका छन् । फिल्मका गीत डिपी खनालले लेखेका हुन्,संगीत शंकर थापा ‘स्माइल’ को छ । फिल्मले सबै वर्गका दर्शकमाझ बेग्लै छाप छोड्ने बिश्वास निर्देशक तामाङको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी कार्य जारी_डोटी खबर

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी कार्य जारी_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

साहुको खलो थापेर परिवार धानिरहेका देउसिंकाे परिवार लाई बलायरकाे राहत_डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

स्ववियुद्वारा जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन अनुरोध- डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

मेरो माइक्रोफाइनान्सद्वारा डोटीमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न, डोटी खबर

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

राष्ट्र निर्माणका तीन स्तम्भ: राजनीति, अर्थतन्त्र र सुरक्षा -डोटी खवर 

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

डोटीको चिसापानीमा EV हाईस दुर्घटना: अछाम र डोटीका ४ जना घाइते, डोटी खबर

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

एसइई परीक्षा आजदेखि सुरु, डोटीमा नियमित र ग्रेडवृद्धि गरी ३,१८२ विद्यार्थी सहभागी

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला

सेती नदी किनारमा वेवारिसे पुरुषको शव फेला