के.आई.सिंह राजमार्गमा जिप ठक्कर, दुई किशोरी घाईते

सरिता कठायत
फाल्गुन ३
डोटी — जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नं. ४ नजिकको पक्की पुल, के.आई.सिंह राजमार्गमा दिउँसो १:२५ बजे सवारी दुर्घटना भएको छ। सिलगढीबाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र. ०२००१ च १४०७ नं. वोलेरो जिपले बाटो काट्दै गर्दा शिखर नगरपालिका वडा नं. १०, बान्डुग्रीशैन बस्ने मान बहादुर बलायरकी २० वर्षीया छोरी रुकु बलायर र जिल्ला बैतडी, सिगास गाउँपालिका वडा नं. ०५ बस्ने जनक सिंह धामीकी १८ वर्षीया छोरी रोशनी धामीलाई ठक्कर दिएको हो। घाईते किशोरीहरू रुकु बलायरको दाँया खुट्टा र रोशनी धामीको कम्मर तथा दाँया खुट्टामा चोट लागेको छ। दुबैको अवस्था मध्यम रहेको र उपचारको लागि शौलेश्वरी अस्पताल, दिपायल पठाइएको छ। प्रहरी निरीक्षक डम्बर कठायतको कमाण्डमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटना भएको जिप प्रहरी नियन्त्रणमा राखिएको छ, तर चालक हाल फरार रहेको जानकारी प्रहरीले दिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीले घटनाबारे अनुसन्धान जारी राखेको छ र सवारी चालकको खोजी तीव्र रूपमा भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार