दिपायल सिलगढी नगरपालिका भरि  कक्षा ६ पढ्ने ५०९  जना किशोरीलाई एचपिभी खोप आजबाट सुरु

सरिता कठायत
माघ २७ डोटी
डोटी — दिपायल सिलगढी नगरपालिकामा आजदेखि कक्षा ६ मा अध्ययनरत ५०९ जना किशोरीलाई एचपिभी (HPV) खोप लगाउने अभियान सुरु गरिएको छ। पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने उद्देश्यले सञ्चालन गरिएको यो खोप कार्यक्रम दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाको सहकार्य  तथा जिल्ला स्वास्थ्य कार्यालय डोटीको समन्वयमा  एचपिभी खोप सञ्चालन गरिएको हो । खोप  अभियानअन्तर्गत नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरीलाई प्राथमिकताका साथ खोप दिइँदैछ दिपायल सिलगढी नगरपालिकाका स्वास्थ शाखा प्रमुख तेज बहादुर खड्काले जानकारी गराए । खड्काका अनुसार HPV भाइरसका कारण हुने क्यान्सरबाट भविष्यमा जोगाउन प्रारम्भिक उमेरमै खोप आवश्यक हुने भएकाले विद्यालयमै पुगेर खोप सेवा प्रदान गरिएको हो। नगरपालिकाले सबै अभिभावकलाई आफ्ना छोरीलाई खोप कार्यक्रममा सहभागी गराउन आग्रह गर्दै यो अभियानले किशोरीहरूको दीर्घकालीन स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार