अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण

गणेश बहादुर मौनी
माघ १५ डोटी
नेपाल स्वयम सेवी रक्तदाता समाज नेपाल डोटी शाखाले १९ औ वार्षिक उत्सवको अवसरमा जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरूलाई मङ्गलवार फलफूल वितरण गरेर मनाएको छ ।
सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित संस्थाले आम नागरिकका साझा सवालमा एकजुट भएर अगाडी बढ्नु पर्छ भन्ने सन्देश प्रवाह होस भन्ने हेतुले विभिन्न कार्यक्रम गर्नुका साथै बिरामीहरूलाई फलफूल वितरण गरी दिवस मनाइएको नेपाल स्वयम सेवी रक्तदाता समाज नेपाल डोटी शाखाका उपाध्यक्ष खेमराज गुरुङले बताए । उनले भने हाम्रो मुख्य उद्देश्य भनेको डोटीमा आम नागरिकले आवश्यक परेको समयमा निःशुल्क तथा सहज रूपमा रगत पाउन भन्ने हो सोही अनुरूप पहल भइरहेको समेत बताए ।
जिल्ला अस्पतालमा भर्ना भएका सबै बिरामीहरूलाई फलफूल वितरण गरी संस्थाको कार्यको बारेमा जानकारी गराउँदा एक खालको सन्देश प्रवाह भएको जिल्ला अस्पताल डोटीमा मे. सु. सुजित मण्डलले बताए ।
फलफूल वितरण कार्यक्रममा नेपाल स्वयम सेवी रक्तदाता समाज नेपाल डोटी शाखाका पदाधिकारीहरू, स्थानीय, स्वास्थ्यकर्मी, पत्रकार लगाएको सहभागिता रहेको थियो शाखाका कोषाध्यक्ष उत्तम खड्काले बताएका थिए ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ