एच.पि.भी खोप सम्बन्धि वडा स्तरीय खोप समन्वय  समितिका पदाधिकारी तथा विद्यालयका शिक्षकहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम

सरिता कठायत
माघ १४ डोटी
डोटी: डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका १ तिखा स्वास्थ्य चौकीमा एच. पि. भी खोप सम्बन्धि वडा स्तरीय खोप समन्वय  समितिका पदाधिकारी तथा विद्यालयका शिक्षकहरूका लागि १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको  छ । सोमबार तिखा स्वास्थ्य चौकीको आयोजनामा पाठेघरको मुखको क्यान्सर विरूद्व एच.पि.भी खोप अभियान सम्बन्धि सरोकारवालाहरू सँग १ दिने कार्यक्रमको आयोजना गरिएको थियोे । समुदायमा रहेका र विद्यालयमा रहेका किशोरीहरूलाई एच. पि.भी खोप लगाउनमा  सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्ने दिपायल सिलगढी नगरपालिका वडा  नम्बरका १ का वडा अध्यक्ष कृष्ण बहादुर साउदले बताए । समयमै किशोरीहरूले  एच. पि.भी खोप लगाउदा पछि गएर पाठेघरको मुखको क्यान्सर हुन बाट बच्ने जिल्ला स्वास्थ्य कार्यालय डोटीका वरिष्ठ स्वास्थ्य अधिकृत रमेश मलासिले जानकारी गराए । एच.पि.भी खोपलाई  विद्यालयमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र समुदयामा रहेका १० वर्ष देखि १४ वर्ष उमेर समुहका किशोरीहरूलाई लगाइने दिपायल सिलगढी नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले जानकारी गराएका छन । तिखा स्वास्थ्यचौकीले एच. पि. भी खोप अभियान माघ २२ गते कालिका उद्योग निम्नमाध्यमिक विद्यालाय सिरखोली सैनमा २३ गते मगलेक माध्यमिक विद्यालय तिखा २४ गते बालविकास केन्द्र गैरा र २५ गते तिखा स्वास्थ्य चौकीमा खोप लगाइने तिखा स्वास्थ्यचौकीका प्रमुख गंगा कुवरले बताइन् । उनले १ नम्बर वडामा १८२ जना किशोरीहरूलाई एच. पि.भी ख‍ोप लगाइने कुवरले जानकारी गराइन् । सो कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव , जिल्ला स्वास्थ्य कार्यालय प्रमुख,दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख,विद्यालयका प्रअहरू,महिला स्वास्थ्य स्वयंसेविकाहरू, आमासमुहका पदाधिकारी बाल क्लब र पत्रकाहरूको उपस्थिति रहेको  थियोे ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार