लडागडा  स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रम सम्पन्न

सरिता कठायत
माघ ४ डोटी
डोटी: डोटी जिल्लाको लडागडा  स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा न्यूनतम सेवा मापदण्ड सुदृढीकरण कार्यक्रम  दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडा स्वास्थ्य चौकीमा गरिएको थियोे । नेपाल सरकारले स्वास्थ्य संस्था व्यवस्थापन र संचालनमा के कस्तो छ भनेर न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रमको अवधारणा ल्याएकोले यो कार्यक्रमको आयोजना गरिएको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले बताए । लडागडा स्वास्थ्य चौकीमा हरेक वर्ष झै यस वर्ष पनि वार्षिक कार्यक्रम अनुसार न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण फलोअप  कार्यक्रममा  निलो कलर  कोड  ६०% बाट  हरियो कलर कोड ८५% मा परेको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाका सि.अ.न. मि. छैठौं सम्झना पछाईले जानकारी गराइन् । यस भन्दा पहिले को नम्बर हेर्ने हो भने आ.व २०७९/८० मा  २०७९/९/२७ गतेसम्ममा ६०%  पहेलो  कलरमा २०८०/३/१३  गतेसम्म  ६७% पहेलो  कलरमा आ.व २०८०/८१ मा
२०८०/०९ /२४ गतेसम्म ८१%  निलो  कलरमा
२०८१/३/२० गतेसम्म ७७% निलो कलरमा र आ. व २०८१/८२ को पहिलो फलोअपमा  २०८१/१०/ ०३ गतेसम्म ८५%  हरियो  कलरमा आएर नगरपालिकाका ४ वटा स्वास्थ्यचौकीको मूल्यांकन गर्दा प्रथम स्थान हासिल गरि ८५% हरियो कलर कोडमा पर्न सफल भई पहिलाको तुलनामा धेरै  सुधार भएको पाएको पछाईले बताइन्   ।  तिखा स्वास्थ्यचौकी मा -७५% निलो कलर कोड,खातिवडा स्वास्थ्यचौकीमा ७०% निलो कलर कोड , कलेना स्वास्थ्यचौकीमा ७०% निलो कलर कोड र लडागडा स्वास्थ्यचौकीमा ८५% हरियो कलर कोड अंक प्राप्त गरिएको पछाईले जानकारी गराइन् । लडागडा  स्वास्थ्य चौकीमा मूल्यांकनमा दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाका सि.अ.न मी छैठौं  सम्झना पछाई. तिखा स्वास्थ्यचौकी प्रमुख ज.स्वा.नि  गंगा कुंवर,दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा क. अ राजेश मलासि लगायतको टिम गएको थियो ।  न्यूनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रममा साथ दिने दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा परिवार, वडा नं ८ वडा कार्यालय परिवार,स्वास्थ्य कार्यालय डोटी परिवार,लडागडा स्वास्थ्य चौकी कार्यालय परिवार,सामुदायिक विकास केन्द्र डोटी गुड नेवर्स इन्टरनेशनल,नेपाल रेडक्रस सोसाइटी सुनादेवी उपशाखा लगायत सम्पुर्ण सहयोगी सरकारी तथा गैरसरकारी संस्थाहरूलाई  दिपायल सिलगढी नगरपालिका ८ लडागडा स्वास्थ्य चौकी प्रमुख नरेश कुमार बोहराले  धन्यवाद दिएका छन्  ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ