बैतडीमा जिप दुर्घटनाको अपडेट : मृतक तीन जनाको परिचय खुल्यो

डोटी –बैतडीमा जिप दुर्घटना परी मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।  आज बिहान भएको जिप दुर्घटनामा परी सिगास गाउँपालिका –१ का २४ निशान्त बोहरा, सोही ठाउँका २९ बर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका –३ का १३ बर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।  बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक दुर्घटनामा परेको हो । जिप आँफै अनियन्त्रित भएर सडकबाट करीब ३ सय मिटर तल खसेको प्रहरी निरीक्षक सिंहले बताए ।  जिपमा सवार अन्य सबै घाइते रहेका र घाइतेहरुको संख्या पनि एकीन हुन बाँकी रहेको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार