
सरिता कठायत
असोज ३०
डोटी : जिल्लाको दिपायल सिलगढी नगरपालिकाका सीमान्तीकृत बालबालिकाहरूलाई आर्थिक सहयोग वितरण गरिएको छ । बिहीबार निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोग तथा दिपायल सिलगढी नगरपालिकाको समन्वयमा बालबालिकाहरूलाई आर्थिक सहयोग गरिएको थियोे । नगरपालिकाका नौ वटै वडाका विपन्न तथा असहाय बालबालिकाहरूलाई छनोट गरेर २० जना बालबालिकाहरूलाई प्रति व्याक्ति रू ५ हजारका दरले उनिहरूको पढाइ क्षेत्रमा चाहिने कापीकलम,ड्रेस जुत्ता मोजाको लागि सहज पुगोस् भनेर नगरपालिकाले संस्थासँग समन्वय गरेर वितरण गरिएको दिपायल सिलगढी नगरपालिकाका नगर उप प्रमुख कलावती महर साउदले डोटी खबरलाई जानकारी गराएकी हुन । उप प्रमुख साउदका अनुसार ग र घ अपांगता श्रेणीमा भएका, आमाबुवा नभएका, जटिल स्वास्थ्य समस्या, बेसहारा आदिको मापदण्डका आधारमा छनौट गरिएको बताएको थियोे । सीमान्तकृत बालबालिकालाई बाल संरक्षण गतिविधि अन्तर्गत आर्थिक सहयोग गरेको निड्स नेपाल संस्थाका दिपायल सिलगढी नगरपालिकाका फिल्ड सहजकर्ता हेमा जोराले जानकारी दिइन् । उनका अनुसार बालबालिकाहरूको शैक्षिकसामाग्रीमा सहयोग होस् भन्ने उदेश्यले आर्थिक सहयोग गरेको बताइन् । नगरपालिकामा एक कार्यक्रमविच बालबालिकाका अभिभावक सँगै बालबालिकाहरूलाई बोलाएर नगर उपप्रमुख कलावती महर साउद, प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी, नगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सानुमाया गुरूङ लिम्बू पत्रकार लगाएको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।