
सरिता कठायत
असोज १८ डोटी
डोटी : जिल्लाको दिपायल सिलगढी नगरपालिका १ तिखाकी सरस्वती खड्का काठमाडौं नपुग्दै बाटोमै अस्ताएकी छन् । जापनको भिसा आएर दशै मनाएर घरबाट बिदा भएकी खड्का सदाको लागि अस्ताएकी छन् । धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.८ ख ५७०३ नम्बरको बस कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१, वनकसवासास्थित महेन्द्र राजमार्गमा दुर्घटनामा परेको हो । २० वर्षिया खड्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको तथा गम्भीर र मध्यम घाइते १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ। प्रहरीका अनुसार बिहानको समयमा तीव्र गतिमा गुडिरहेको बस मोडमा नियन्त्रण घुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।