गणेश मौनी
असोज ७ डोटी
डोटीको बडीकेदार गाउँपालिकाले दसैँ तिहार अगाडी वडा अन्तरगत रहेका सबै सडकहरू सञ्चालन गर्ने जनाएको छ ।
बर्सातको समयमा अवरुद्ध रहेका सबै वडाहरूलाई जोड्ने सडकहरू सञ्चालनमा ल्याउन सडक सफाइ कार्य अगाडी बढाइएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदे बताए ।
उनले चाडबाडको समयमा स्थानीय बासीलाई गाउँघरमा सहज रूपमा आवत जावत गर्न सजहता होस भन्ने हेतुले सडक सफाइको काम अगाडी बढाइएको बताए । उनले भने हाम्रो लक्ष्य भनेको दसैँ अगाडी नै वडाका मुख्य सडक र शाखा सडकहरू सबै सरसफाइ गरिसक्ने थियो तर बर्सातका कारण अलि ढिलो हुन गएकोले दसैँ अगाडी सबै वडा अन्तरगत रहेका प्रमुख मुख्य सडक र दसैँ पछि वडा अन्तरगत रहेका शाखा सडकहरू सफाइ गरी गाडीहरू सञ्चालनमा ल्याइने योजनाका साथ कार्य अगाडी बढाइएको अध्यक्ष साउदले बताए ।
बडीकेदार गाउँपालिकाले विभिन्न गाउँ बस्तीलाई जोड्ने अवरुद्ध सडकहरू सफाइ कार्य अगाडी बढाउँदा स्थानीय बासीले सामाजिक सञ्जाल मार्फत पालिकाको प्रशंसा गरेका छन् ।
पालिकाले सडक सफाइको कार्य गत शनिवार देखि सुरु गरिसकेको छ ।
बडीकेदारमा दसैँ तिहार अगाडी वडाका सडक सफाइ गरिने
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2025 Doti Khabar | All Right Reserved | Privacy Policy
Powered by: ProTech