बैशाख १८ डोटी
डोटी: डोटीको जिल्ला अस्पतालमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । बिहीबार अर्थात मे १ तारिखमा हुने १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा नेपाल ट्रेड युनियन कांग्रेस डोटीले अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितर गरेको ट्रेड युनियन डोटीका अध्यक्ष शंकर कठायतले बताएका छन्
। उनले फलफूल वितरण सँगै दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै राज्यले अनाैपचारिक क्षेत्रका श्रमिकहरुको लेखाजोखा गर्न, राेजगारी सिर्जना गर्न, श्रमिकहरुको अवस्था सुधार तथा सुरक्षाको प्रत्याभुति गराउन साथै सामाजिक सुरक्षा काेष र श्रम ऐनमा व्यवस्था भएबमोजिम कार्यान्वयनमा तदारुकता देखाउन अनुराेध समेत कठायतले गरेका थिए । श्रमिक दिवस तथा फलफूल वितरण कार्यक्रममा नेपाल ट्रेड युनियन जिल्लाका पदाधिकारी र नगर स्तरीय ट्रेड युनियनका पदाधिकारीहरूको उपस्थिति रहेको थियोे ।


