आफ्नो घर भत्काएर साँफेबगर जल्नबाट बचाउने गीताको घर बनाइदिन अपिल

बैशाख १३ गते राति साँफेबगर हाटबजारमा भएको आगलागी नियन्त्रणमा लिन गीताले आफ्नो पक्की घर भत्काउन अनुमति दिएकी थिइन् । उनको घर भत्काएपछि साँफेबगरमा लागेको आगो नियन्त्रणमा आएको थियो ।

स्थानीय व्यापारी प्रेम खड्काको शुभेच्छा मम सेन्टरमा विद्युत सर्ट भएर लागेको आगोले १० वटा पसल जलेको थियो । जति पानी हाल्दा पनि आगो नियन्त्रणमा नआएपछि डोजरले गीताको घर भात्काइएको थियो । ‘आगो फैलिन नदिन अगाडीको घर भत्काउनु बाहेकको उपाय थिएन,’ गीताले भनिन्, ‘आफ्नो घर भत्काउन कोही तयार थिएनन् । त्यही भएर आफ्नो घर भत्काउन दिएकी हुँ ।’

आफ्नै अगाडि सबैका पसल जलिरहेको देखिरहेकी गीताको घर भत्किएपछि आगो अगाडि बढ्न पाएन । उनको घरका दुई सटर मध्ये एउटामा रेष्टुरेन्ट र अर्काेमा  सुनचाँदी पसल थियो । ‘त्यहाँ पनि आगो सक्नि थालेको थियो,’ गीताले भनिन्, ‘आगोलाई अगाडि बढ्नबाट रोक्न मेरो पक्की घर भत्काउन पथ्र्यो । बरु मेरै घर जाओस्, अरू त जोगिएला भन्ने सोचेर भत्काउन दिएँ ।’

जिल्ला प्रहरी कार्यालय, अछामका अनुसार आगलागीबाट १० पसल जलेका छन् भने तीन तीन करोड ८६ लाख ६५ हजारको क्षति भएको छ । पसल र घरहरूको भौतिक क्षतिको गणना गरिएको छैन । डोजरले भत्काएपछि आगो निभ्यो । तर गीताको घरसंगै घरमा रहेको सरसामान पनि नष्ट भयो ।

२८ वर्षीया गीताको एक छोरी छन् । श्रीमान्को ४ वर्षअघि सडक दुर्घटनामा मृत्यु भएको थियो । उनीसंग श्रीमानको अन्तिम चिनो त्यही घर थियो । स्थानीय गैरसरकारी संस्था वाक नेपालमा कार्यरत गीताले घटनापछि अफिस जान पनि मनले नमानेको बताउँछिन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ