सरिता कठायत
बैशाख १२ डोटी
डोटी: डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका ९ कलेनामा ग्यास पड्किएर एक घर पुर्ण नष्ट भएको छ । कलेनाका पारू साउदको घरमा बिजुलीको तार सर्ट हुँदा ग्यास पड्किएको सोही वडाका वडा अध्यक्ष हर्क बहादुर साउदले बताए । उनका अनुसार टिणको घर साथै किराना पसल पनि रहेको र पसलका सबै सामाग्रीहरू समेत जलेकाे बताएका छन् । मानवीय क्षति भने नभएको साउँदले जानकारी गराएका हुन । जनप्रतिनिधि,समुदायका मानिस र सुरक्षाकर्मीहरूको टिमले आगो नियन्त्रण गरिसकेका छन् ।


