देउता आयो भनेर पुतुरियाका तीन जना मध्ये १ जनाको बुढीगंगामा डुबेर मृत्यु

डोटी  : बुढीगंगा नदीमा डुबेर एकजनाको ज्यान गएको छ । विगत केही दिनदेखि पितृ कार्यका लागि मौरे त्रिवेणीधाम पुकारमा बसिरहेका खप्तड छेडेदह गाउँपालिका-५ डोगडीका २६ वर्षका गणेश नेपालीको बुढीगंगा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।

त्रिवेणी नगरपालिका-८ मा रहेको धार्मिक स्थल त्रिवेणीधाममा उनीहरु पितृको कार्य गरिरहेका थिए । वर्ष ३२ की अञ्जली नेपालीले पितृ आए भनेर नदीमा हाम फालेको तर बुढीगंगा नदीले बगाएपछि उनलाई बचाउन गएका गणेश नेपालीको नदीमा डुबेर मृत्यु भएको हो ।

नदीमा गएर पुतली ल्याउछु भनेर देवता आएपछि अञ्जलीले हाम फालेको बुझिएको छ । वर्ष २७ को दीपक नेपाली र अञ्जली नेपाली गम्भीर घाइते भएकी छन् ।

मृतक गणेशलाई अछामको बयालपाटा अस्पतालमा मृत घोषणा गरेको थियो । बाजुरामा देवी देवता र पितृका नामको अन्धविश्वासका कारण यसअघि दुई जना देवताका धामी कर्णाली नदीमा बेपत्ता भएका थिए ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ