दृष्टिविहीन महिलालाई जबरजस्ती करणी गरेको उजुरी आउनेबित्तिकै रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले महिलाको स्वास्थ्य परीक्षण गर्दा २८ हप्ताको गर्भ देखिएको बताए।
पक्राउ परेका रोकाया पनि दाहिने खुट्टाको अपांगता भएको र महिला दृष्टिविहीन भएकाले अपांगता भएकाहरुको विभिन्न कार्यक्रममा जाने क्रममा रोकायाले डर धम्की देखाएर बलात्कार गरेको हुन सक्ने प्रहरीले बताएको छ।


