सरिता कठायत
फागुन १२ डोटी
डोटी: फागुन मसान्त भित्र कर बुझाए करदातालाई भारी छुट गरिएको छ । जिल्लामा करदाता सेवा कार्यालय डोटीले फागुन मसान्त भित्र आयकर र मूल्य अभिवृद्धि कर बुझाउने करदाताहरूलाई छुट रहेको डोटी जिल्ला करदाता सेवा कार्यालयका प्रमुख चाँदनी थापाले बताइन् ।
उनले आर्थिक ऐन २०८१ ले देहाय बमोजिम आयकर तथा मूल्य अभिवृद्धि कर सम्बन्धि शुल्क ब्याज र जरिवानामा छुट तथा सहुलियत प्रदान गरिएको थापाले भनिन् । समयमै करदाताहरूले कर तिरेर मौकाको फाइदा लिनहुन समेत प्रमुख थापाले आग्रह गरेकी छन् । कुनै व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिएर आर्थिक वर्ष ०७८/०७९/८० को कर बुझाउन पर्ने आय विवरण र सोमा लाग्ने कर सम्बत २०८१ फागुन मसान्तसम्म बुझाएमा उक्त लाग्ने शुल्क तथा ब्याजमा छुट रहेको छ । आय विवरण स्थायी लेखा नम्बर लिई आय विवरण बुझाउन बाँकी रहेको करदाता अनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशत शुल्क तथा बाँकी ब्याजमा पनि छुट गरिनेछ । त्यसैगरी ०८० असार मसान्तसम्मको मुल्य अभिवृद्धि कर विवरण पेश नगर्ने मुल्य अभिवृद्धि कर र लाग्ने व्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा जरिवाना,तथ दस्तुर तथा बाँकी ब्याज समेतमा छुट रहेको छ ।


