नमादेव माविमा ओझाले गरे  आमा र स्वर्गीय बुवाको नाममा अक्षयकोष स्थापना

सरिता कठायत
फाल्गुन ८ डोटी
डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नं २ मा रहेको नमादेव माध्यमिक विद्यालयमा भोजराज ओझाले आमा र स्वर्गीय बुवाको नाममा अक्षयकोष  स्थापना गरेका छन्  । बुधबार नमादेव माविको ५३ औं वार्षिकोत्सब तथा अभिभावक भेलाको अवसर पारेर ओझाले अक्षयकोषको स्थापना गरेका हुन । आफूले १ देखि ५ सम्म अध्ययनरत गरेको विद्यालयमा बुवाकाे नामको स्मृतिमा अक्षयकोष स्थापना गर्न पाउँदा खुसी भएको उनले भने ।  स्वर्गीय बुवाले  गाउँमा मात्रै नभएर सुदूरपश्चिमका नौ वटै जिल्लामा ज्योतिष गरेर  प्रख्यात रहेका थिए त्यसैले बुवा र आमाको नामबाट अक्षयकोषको स्थापना गरेको दिपायल सिलगढी नगरपालिका १ मगलेक माध्यमिक विद्यालय तिखाका प्रअ समेत रहेका ओझाले बताए । उक्त अक्षयकोषको नाम स्व: डन्डीराज भागरथी अक्षयकोष रहेको छ । असाय टुहुरा बालबालिका विद्यालयमा अध्यनरत आधारभूत कक्षाबाट  २ जना माविबाट  २ जना गरि जम्मा ४ जना बालबालिकाहरूलाई कापीकलम  ड्रेसमा सहयोग पुग्नेगरी रू २ लाख २२ हजार २ सय २२ रूपैयाँ को अक्षयकोष स्थापना गरेका छन् । सो रकमको चेक नमादेवी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बहादुर साउदालाई हस्तान्तरण गरेका हुन् । वार्षिकोत्सब समारोहमा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास राज्यमन्त्री निर्मला साउद र प्रदेश माननीय चक्र बहादुर मल्लको पनि उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ