डढेलो नियन्त्रणका लागि सरोकारवालाहरू सँग  अन्तरक्रिया कार्यक्रम सम्पन्न

सरिता कठायत 
फाल्गुन ६ डोटी
डोटी : डोटी डढेलो नियन्त्रणका लागि सरोकारवालाहरू सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार  जिल्लाको जोरायल गाउँपालिका वडा न ४ को आयोजनामा जोरायल सब डिभिजन बन कार्यालयको सहजीकरणमा वडामा रहेका  १८ वटा सामुदायिक बनका अध्यक्ष तथा पदाधिकारी , इलाका प्रहरी कार्यालय बिच  वन डढेलो नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो  । सामुदायिक वनका सम्पुर्ण उपभोक्ताहरु विच फाल्गुन महिना भित्र विशेष कार्यक्रम गर्ने  जोरायल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष  नन्दराज भट्टले बताए । उनले उक्त वडामा आगो नलागेको वनलाई पुरस्कृत गर्ने घोषणा रहेको वडा अध्यक्ष भट्टले जानकारी गराए ।  सोही कार्यक्रममा  प्रत्येक सा. उ .स .मा वडा अध्यक्ष इलाका प्रहरी कार्यालय , र सब डिभिजन वनका प्रतिनिधि सहित को टोलिले वन डढेलो बाट हुने वाताबरणिय असर रोकथाम तथा वन जंगलमा  आगो लगाउने ब्यक्तिलाई वन ऐन अनुसारको कार्बाहीका बारेमा जनचेतना गर्ने कार्यक्रम समेत तय गरिएको छ । जोरायल क्षेत्रलाई यो वर्ष वन आगजनीलाई शुन्यमा झार्ने लक्ष्य रहेको जोरायल सब डिभिजन कार्यालय बुडरका वन अधिकृत बुद्धिराज भट्टले बताएका छन्  । उनले  एक आपसमा सिमाना जोडियका सामुदायिक बनहरुका उपभोक्ताहरु सङ्ग अग्नि नियन्त्रण नदिनालामा करेन्ट लगायर बिषाधी प्रयोग गर्ने  ब्यक्तिहरुलाई कानुनी दायरामा ल्याउने बताए  । सामुदायिक वनको कोष परिचालन कार्यबिधी अनुरुप कम्तिमा पनि २५% वन विकास को रकम अग्नि नियन्त्रणमा लगाउनु पर्ने लाली गुराँस सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र बोहराले बताएका छन्  ।  डढेलो लगाउने  नदिनालामा विषादी प्रयोग गर्ने करेन्ट लगायर माछा मार्नेहरुलाई कानुनी दायरामा ल्यायरै छोड्ने इलाका प्रहरी कार्यालय राउतकट्टेका प्रमुख भरत रोकायाले बताएका थिए । अग्नि नियन्त्रण गर्ने सबै को कर्तव्य भएकाले सबैले जिम्मेवारीका  साथ सहयोग गर्न पनि  अनुरोध  गरिएको छ । उक्त कार्यक्रम सोही वडाका  वडा सचिब चन्द्र देब ओझाले सहजीकरण गरेका थिए  कार्यक्रममा ४५ जनाको  उपस्थिति  रहेको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार