घाङ्गलमा प्रयोगशाला ल्याब सेवा उद्घाटन

गणेश बहादुर मौनी
फागुन ५ डोटी
डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ३घाङ्गलमा सोमबार एक कार्यक्रमका बिच प्रयोगशाला ल्याब सेवाको उद्घाटन गरिएको छ ।
प्रयोगशालाको गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले उद्घाटन गरेका हुन् । प्रयोगशालाको उद्घाटन गर्दै अध्यक्ष साउदले घाङ्गलमा प्रयोगशाला सञ्चालन पश्चात् स्थानीय बासीहरूलाई थप उपचारमा सहजता हुने बताए । उनले भने स्थानीय बासीलाई केही बिरामी हुने बित्तिकै यता सबै उपचार हुन नसके धनगढी जानुपर्ने बाध्यता थियो त्यो सबै हटेर जान्छ ।
स्वास्थ्य संस्थाबाट आम नागरिकलाई छिटो छरितो, गुणस्तरीय समयमै स्वास्थ्य सेवा प्रदान गर्नु स्थानीय सरकार र कर्मचारीहरूको दायित्व रहेकोले सेवा प्रवाहमा लापरबाही नगर्न समेत निर्देशन दिएका थिए ।
घाङ्गलमा ल्याब स्थापना गरी सेवा प्रवाह गर्ने सवाल धेरै समय देखि उठाउँदै गरेको भए पनि आज पुरा भएको वडा नम्बर ३ का वडा अध्यक्ष राम बहादुर गुरुङले बताए । घाङ्गल बासीहरूले बिरामी हुने बित्तिकै बाहिर गएर महँगो मूल्य तिरेर उपचार गराउनु पर्ने बाध्यता हटेर जाने समेत अध्यक्ष गुरुङले बताए ।
ल्याब सेवा सञ्चालन पश्चात् सेवाग्राहीलाई थप सेवा उपलब्ध गराउन सहज हुने घाङ्गल स्वास्थ्य चौकीका इन्चार्ज भक्त टमटाले बताए । प्रयोगशाला बाट दिसा, पिसाब, रगत, सुगर, किड्नीको जाँच, टिभी लगाएका थप उपचार गरिने समेत बताए । गाउँपालिकाले आवश्यक कर्मचारी र सामाग्रीको व्यवस्थापन पश्चात् प्रयोगशाला सञ्चालन गरिएको हो ।
प्रयोगशाला सेवा उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, पालिका स्वास्थ्य शाखा प्रमुख, कर्मचारी, स्थानीय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ