सरिता कठायत
फाल्गुन ५ डोटी
डोटी: सुदूरपश्चिम महिला किसान संघको अध्यक्षमा धामी निर्वाचित भएकी छन् । डोटीको दिपायल सिलगढी नगरपालिका ३ घर भएकी मैना धामी महिला किसान संघको अध्यक्षमा सर्व सहमत निर्वाचित भएकी हुन्
। शनिबार धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम सम्मेलन गरि धामीलाई सर्व सहमत सुदूरपश्चिम महिला किसान संघको अध्यक्षमा निर्वाचित गराएको थियो । प्रदेश कमिटीको प्रथम सम्मेलनमा सुदूरपश्चिमका नौवटै जिल्लाकाे सहभागिता रहेको थियोे । सुदूरपश्चिम महिला किसान संघको उपाध्यक्षमा कोमल विक,उपाध्यक्ष देविसरा शाही,सचिव पार्वती कुवर,उप सचिव शान्ति चुनारा,उप सचिव निर्मला चन्द,कोषाध्यक्ष झर्ना खनाल,सदस्यहरूमा पार्वती धामी,उमा कोली,रेखा बोगटी,सरस्वती शाही,पिपला शाही,दिपिन्द्रा साउद,बसन्ता साउद,इश्वरा बुढा,सारदा कठायत,राधिका भण्डारी,उर्मिला बिक,सरस्वती शाही,हेमा कुमारी कोलि गरि २० जनाको कार्यसमिति सर्व सहमत निर्वाचित भएको थियो ।



