समयमै जनशक्ति र स्रोतसाधनको पुर्व तयारी हुनुपर्ने प्रजिअ जोशी

सरिता कठायत

माघ २४

डोटी : डोटी जिल्लामा विपद्  व्यवस्थापन गर्न समयमै जनशक्ति र स्रोतसाधनको पूर्व तयारी हुनुपर्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय सरकार सरोकारवाला सबैले विपद् हुनुपुर्व नै जनशक्ति र स्रोतसाधनको  पूर्व तयारी गर्दा जनधनको क्षति हुनबाट जोगिने प्रजिअ जोशीले बताएका हुन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा १७ मा स्थानीय विपद् व्यवस्थापन समिति गठनको व्यवस्था रहेको र धेरै जसो स्थानीय तहले अहिलेसम्म समिति गठन नगरेको साथै विपद् व्यवस्थापनका लागि बजेट पनि छुट्याउन स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरे । २०७९ कार्तिक २२ गते गएको  भूकम्प बाट प्रभावित लाभग्राहीहरू को संख्यामा दिपायल सिलगढी नगरपालिकामा ५ सय ४ घरपरिवार,आदर्श गाउँपालिकामा ६८  घरपरिवार,पुर्वीचौकी गाउँपालिकामा ७ सय ५२ घरपरिवार जोरायल गाउँपालिकामा ४० घरपरिवार गरी जम्मा १३ सय ६८ लाभग्राहीहरूको सुची प्राप्त भएको र त्यस मध्य ४८ जनाको मात्रै हिजोसम्म पुर्वीचौकी गापा र जोरायल गापाबाट मात्रै  सम्झौता भएको जानकारी गराए ।

सबै स्थानीय सरकारले चाडैं प्रभावित घरपरिवार सँग सम्झौता गरेर लिष्ट पठाउन समेत प्रजिअ जोशीले आग्रह गरे । जिल्लामा बाढी पहिरो,वन डढेलो तथा आगलागी र भूकम्प विपद्को जोखिम बढी रहेको छ । माघ देखि असार सम्म वन डढेलो तथा आगलागीबाट बच्न जनचेतनामूलक कार्यक्रम गर्ने डिभिजन वन कार्यालय डोटीका प्रमुख गोकुल रिजालले बताए । वनमा आगो लगाउने व्यक्तिलाई  कानुनी कारबाही गर्ने र आगो लगाएको जानकारी गराउनेलाई सम्मान गर्ने कार्यलाई अगाडि बढाउने रिजालले बताए ।

स्थानीय सरकार र सरोकारवालाहरूले समन्वय सहकार्य र निगरानी  गरेर अगाडि बढ्ने सहभागीले बताए थिए । डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेर कार्यान्वयन गर्ने र स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई सो कार्यलाई  कार्यान्वयनमा लैजानुपर्ने भएकोले बैठकको आयोजना गरिएको समेत जानकारी गराउनु भएको थियो । बाढी पहिरो,वन डढेलो तथा आगलागी र भूकम्प विपद्को जोखिम बारे मिडियाले पनि आ- आफ्नो क्षेत्रबाट सूचना,सन्देशहरू सम्प्रेषण गर्नुपर्ने कार्यक्रममा सहभागीले बताएका थिए ।  उक्त बैठकमा प्रजिअ,जिल्ला समन्वय उप प्रमुख, गापा अध्यक्ष,दिसिनपा उप प्रमुख ,गापा उपाध्यक्ष,डिभिजन वनका प्रमुख,जिल्ला प्रहरी कार्यालयका प्रमुख सरोकारवाला निकाय,गैरसरकारी संस्था प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ