बडीकेदार गाउँपालिका द्वारा ज्येष्ठ नागरिकलाई सम्मान

गणेश बहादुर मौनी
माघ २३ डोटी
डोटीको बडीकेदार गाउँपालिकाले वडा नम्बर १ अन्तरगत रहेका ज्येष्ठ नागरिकहरूलाई कम्मल र टर्च लाइट वितरण गरी सम्मान गरेको छ ।
बुधवार वडा नम्बर १ को कार्यालय रिसेडीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् ।
सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष कलेलले चिसोको समयमा वृद्ध आमाबुवाहरूलाई न्यानो हुन राहत पुग्नुका साथै रातीको समयमा बाहिर भित्र गर्न सहजता होस भन्ने हेतुले वडा अन्तरगत रहेका ज्येष्ठ नागरिकहरूलाई कम्मल र टर्च लाइट वितरण गरेको बताइन् । पालिकाले ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य उपचार लगायत यस्ता विभिन्न सम्मानका कार्यक्रमहरू समय समयमा सञ्चालन गर्दै आइरहेको समेत बताइन् । वडा अन्तरगत धेरै ज्येष्ठ नागरिकहरू रहेका भए पनि अरूलाई अन्य कार्यक्रममा समावेश गरिने समेत बताइन् ।
पालिकाले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको कार्य प्रशंसायोग्य रहेको जिल्ला समन्वय समिति डोटीका सदस्य ठक्कर बोहराले बताए । आगामी दिनमा पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका थिए ।
ज्येष्ठ नागरिकहरूको सम्मान गर्नु हामी सबैको दायित्व रहेको वडा नम्बर १ का वडा अध्यक्ष डबल बोहराले बताए । ज्येष्ठ नागरिकहरूलाई नेपाल सरकार र पालिकाले दिने गरेको विभिन्न सुविधाहरू आफै आफ्नो स्वास्थ्यको लागि प्रयोग गर्न आवश्यक रहेको समेत अध्यक्ष बोहराले बताए ।
पालिकाले वडा नम्बर १ बाट सुरुवात गरेको ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम क्रमशः पालिका अन्तरगतका सबै वडाहरूमा सञ्चालन गरिने जनाएको छ । वडा नम्बर १ मा १३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, जिल्ला समन्वय समिति डोटीका सदस्य, वडाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ