डोटीको दुर्गम गाउँपालिका मुकाममा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्यो

गणेश बहादुर मौनी
माघ २२ डोटी
डोटीको दुर्गम पालिका बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ ।
गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ७ चवराचौतारामा नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायल अन्तरगतको ११ केभी प्रसारण लाइनको विद्युत् ट्रान्सफर्मरमा पुगे सँगै मङ्गलवार पालिका अध्यक्ष कमल बहादुर गड्सिलाले ट्रान्सफर्मरमा स्विच अन गरेर विद्युत्को उद्घाटन गरेका हुन् ।
विद्युत् उद्घाटन गर्दै पालिका अध्यक्ष गड्सिलाले पालिकाका ७ ओटै वडामा विद्युत् विस्तार गर्ने गरी काम तीव्र रूपमा भइरहेको बताए । विद्युत् विस्तारको काम प्राधिकरणबाटै भइरहेकाले कामलाई तीव्र बनाउनका लागि पालिकाले सहजीकरण र समन्वय गरिरहेको पनि अध्यक्ष गड्सिलाले बताए । उनले अबको केही दिनमै सिमचौर, सातफरी र धिर्कामाण्डौमा रहेको ट्रान्सफर्मरमा पनि बत्ती बालिने बताएका छन् । त्यसै गरी केदारअखडा र कानाचौरमा पनि बत्ती बाल्ने काम अगाडी बढ्ने बताए । ठेकेदार कम्पनीले तीव्र गतिमा काम गरेमा अर्को पुससम्म पालिकाभर विद्युत् विस्तार हुने अध्यक्षको भनाई छ ।
पालिका केन्द्रमा विद्युत् पुगेपछि बस्ती स्तरका सबै टोलहरूमा वायरिङ र मिटर जडानको कार्य सम्पन्न भएपश्चात् विद्युत् सप्लाइ गर्न सकिने नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलका उत्तम धामीले बताए । उद्घाटन कार्यक्रममा धामीको पनि उपस्थिति रहेको थियो ।
हाल बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ६ गगुडामा मात्रै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पहुँच रहेको छ । पालिका मुकाम रहेको वडा नम्बर ७ मा आज विद्युत् पहुँच पुगेको छ भने वडा नम्बर ४, ५ र ७ मा स्थानीय विद्युत् तथा वडा नम्बर २ को गराजुमा सो लार विद्युत् पहुँच छ भने अन्य ठाउँमा बिजुली पुगेको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ