काँग्रेस महामन्त्री थापाद्वारा शैलेश्वरी मन्दिरको दर्शन

डोटी खबर 
माघ १७ डोटी
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले डोटीको प्रसिद्ध शक्ति पीठ शैलेश्वरी भगवती मन्दिरको दर्शन गरेका छन् ।
सुदूरपश्चिमको धार्मिक भ्रमणमा निस्किएका थापा उनी धनगढी हुँदै बिहीबार डडेलधुराको उग्रतारा भगवती मन्दिर, बैतडीको, उदयदेव, त्रिपुराशुन्दरी, डोटीको शैलेश्वरी, बाजुराको बडीमालिका भ्रमण गरेको नेपाली काँग्रेस डोटीका महासमिति सदस्य जित बहादुर खड्काले बताए । महामन्त्री थापाले सुदूरपश्चिमका धार्मिक एवं पर्यटकीय स्थलहरूको भ्रमण गर्दा प्रचार प्रसार र विकासमा सहयोग पुग्ने महासमिति सदस्य खड्काले बताए ।
शैलेश्वरी दर्शन पश्चात् शैलेश्वरी भगवतीको महिमाको बारेमा शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शङ्कर भट्टले महामन्त्री थापालाई जानकारी गराउनुका साथै यस क्षेत्रको विकासको लागि पहल गरिदिन आग्रह समेत गरेका थिए ।
महामन्त्री थापा सँगै उहाँकी धर्मपत्नी ज्योति प्रकाश पाण्डे, सिता एयरका एम डी राजेन्द्र बहादुर सिंह र उहाँकी धर्मपत्नी पनि भ्रमणमा रहेका थिए । महामन्त्री थापाको यो राजनीतिक भ्रमण नभई नितान्त रूपमा धार्मिक भ्रमण रहेको जनाइएको छ । थापा सुदूरपश्चिमको धार्मिक भ्रमण सकेर आजै पाल्पा फिर्ता हुने भोली काठमाडौँ फर्किने कार्यक्रम रहेको महामन्त्री थापाको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार