सुदूरपश्चिम प्रदेशमा पुस २९ गते सार्वजनिक बिदा

गणेश बहादुर मौनी
पुस २८ डोटी
सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिता पर्वको अवसरमा भोली प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राजपत्रमा उल्लेख गरिएको छ ।
भोली देखि थारु समुदायको माघ पर्व सुरु हुने गर्छ । माघी पर्वको पहिलो दिन अर्थात् पुस २९ गते जिता (सुँगुर) मार्ने र मिठो मसिनो खाएर पर्व मनाउने चलन रहेको पाइन्छ । यो माघी पर्व थारु समुदायको सबैभन्दा ठुलो पर्व हो । माघ महिनाबाट यो समुदायको नयाँ वर्ष सुरु हुने गरेकाले माघी पर्वलाई नयाँ वर्षको रूपमा पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म धूमधामकासाथ मनाउने चलन रहेको पाइन्छ ।
माघ १ गते माघे सङ्क्रान्तिको अवसरमा सङ्घीय सरकारले नै सार्वजनिक बिदा दिदैं आएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार