आरन व्यवसायीलाई आधुनिक उपकरण औजार मसिन हस्तान्तरण

सरिता कठायत
डोटी पुस २०
डोटी: डोटीको शिखर नगरपालिकामा आरन व्यवसायीलाई आधुनिक उपकरण औजार मसिन हस्तान्तरण गरिएको छ । मुक्त हलिया, दलित सिएसोहरू मुक्त हलिया,दलित संजालको  सामाजिक,आर्थिक  र जलवायु न्याय प्रबर्द्धनका लागि जिम्मेवार निकायहरू सँगको सहकार्यलाई  सुदृढ बनाउने सक्षम परियोजना अन्तर्गत शिखर नगर पालिकाका ११ वडाका ३२ जना आरन ब्यवसायिहरुलाइ आरन ब्यवसायकालागी आधुनिक उपकरण औजार मसिन दिएको हो । इभान्जेलिकल लुथरन चर्च इन अमेरिका (इ.इल. सि.ए.) को आर्थिक सहयोगमा लुथरन वल्ड फेडरेसन (एल.डब्लु.एफ.) नेपाल र सामुदायिक बिकास केन्द्र (सि.डि.सि.) डोटी को सयुक्त साझेदारितामा शिखर नगर पालिकामा संचालित मुक्त हलिया दलित सक्षम परियोजना अन्तर्गत सामग्री बितरण गरिएको हो । संस्थाले  गरेको कार्य प्रति खुसी हुँदै धन्यवाद र  आगामी दिनमा पनि पालिकाले गर्नुपर्ने सहयोगका लागि सधैं साथमा रहने शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताए । आरन व्यवसायहरूले सामाग्रीहरूको सहि सदुपयोग गरेर आय वृद्धि गर्नुपर्ने

बलायरले भनेका छन् । नगरपालिका सँगको समन्वयमा गरिएको कामले नगर र संस्था उत्तिकै जिम्मेवार रहेको शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले बताइन् । साथै सामाग्रीहरूको सहिद सदुपयोग गर्नुपर्ने जोराले भनिन् । सामाग्री वितरण कार्यक्रममा शिखर नगरपालिका का नगर प्रमुख दिर्घ बहादुर बलायर नगर उप प्रमुख सुनिता रावल जोरा, शिखर ६ का वडा अध्यक्ष धिर्क बहादुर सिंह, शिखर २ का वडा अध्यक्ष गणेश बोगटी, कार्यपालिका सदस्य राम बहादुर लुहार नगरपालिका स्तरीय मुक्त हलिया सन्जालका अध्यक्ष राम बहादुर दमाई, सि डि सि डोटी का कार्यकारी निर्देशक हेमराज जोशीले आरन मसिन सामाग्री हस्तान्तरण गरेका थिए । आरन सामाग्रीमा आरन पंखा, घन, हटौडा, खाग्सी, स्वाग, पित्तल पाता, ग्लिन्डर मसिन, लुवा प्वाल पार्ने मसिन, सनेसा, रेति, कठरेती, हाते आरि, घिस्ने पाता,  आरिमा लगाउने रेत, फलाम काट्ने पाता, फलाम काट्ने कैँची, पलास, वेल्डिङ मसिन  लगायत डे बुक गरि करिब ३० हजार भन्दा बढी को सामान प्रती ब्याक्ती लाई सहयोग गरिएको हो । उक्त सामाग्री  शिखर ननगरपालिका सँगको समन्वयमा सहयोग गरिएको सि डि सि डोटी का कार्यकारी निर्देशक हेमराज जोशीले बताए  । जोशीले शिखर न पा मा मुक्त हलिया का ७ जना बाल्बालिकालाई पनि प्राबिधिक शिक्षा का लागि उधमसिल्ता, आयआर्जनमा सहयोग गरेको समेत  बताए । शिखर नगरपालिका वडा नं २ का पदम लुहारले आधुनिक सामाग्री पाएकोमा खुसी हुँदै लुवा प्वाल पार्ने मसिन, ग्लिन्डर मसिन, वेल्डिङ मसिन किन्ने क्षमता थिएन अब यी  सामानले हामीलाई  सहज हुने बताएका छन् । पछिल्लो समयमा आरन पेसा लोप हुँदै गएको छ हामी यसलाई निरन्तरता दिई अन्य ठाउँमा समेत  सीप  सिकाउने छौं लुहारले भने 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार