जन्म दिनमा बिद्यालयमा ओझाले गरे छात्रवृत्ति अक्षयकोष स्थापना

डोटी
सरिता कठायत
डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका १ मा अवस्थित मगलेक माध्यमिक बिद्यालयमा जन्म दिनको अवसर पारेर भोजराज ओझाले छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । ओझाले बिहीबार आफ्नो जन्मदिनको अवसरमा आफूले अध्यन गराइरहेको बिधालयमा अध्यनरत गरिब तथा जेहन्दार बिद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उदेश्यले छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन । ओझा सोही बिद्यालयका प्रधानाध्यापक पनि हुन । उनले रू २ हजार १ सय ५ रूपयाँ को चेक सोही बिद्यालयका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष पदम बहादुर खड्कालाई हस्तान्तर गरेका छन् । ओझाले आफ्नो जन्मदिनको अवसरमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेकोले खड्काले बधाई तथा जन्म दिनको अवसरमा शुभकामना ब्यक्त गरेका थिए । यसरी बिद्यालय प्रति सबैले आफूले गर्न सकिने प्रभावकारी कार्य गर्नु महत्त्वपूर्ण मानिन्छ खड्काले भने ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार