मुसहर हिँड्ने बाटोमा काँडेबार :दलित संस्थाद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र

राजविराज  । सिराहा जिल्लाको नरहा गाउँपालिका-१ गौरराहामा दलित मुसहर समुदायका ४५ परिवारलाई आवतजावतको मार्ग अवरुद्ध पारिएको घटनाबारे सप्तरीका दलित संस्थाद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

दलित सरोकार मञ्च नेपाल, सप्तरी र सप्तरीका विभिन्न दलित नागरिक समाजका संस्थाहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

‘यहाँको मुसहर समुदाय लामो समयदेखि गरिबी, शोषण, र बहिष्करणको सिकार हुँदै आएको छ। हालै, महेश यादव नामक व्यक्तिले आफ्नो खेतको धान गोडमेल नगरेको निहुँमा मुसहर समुदायले वर्षौंदेखि प्रयोग गर्दै आएको मुख्य मार्ग जिलेवीको काँडाले छेकेर बन्द गरेका छन्। उक्त मार्ग समुदायका लागि अत्यावश्यक भएकोले यसको बन्दले दैनिक जीवनमा ठूलो असर पारेको छ ।’ ज्ञापनपत्रमा भनिएको छ, ‘यादवले यो बाटो आफ्नै निजी सम्पत्ति भएको र यसबाट मुसहर समुदाय आवतजावत गर्न नपाउने धम्की दिएका छन्। यसका अतिरिक्त, उनले बस्तीलाई नै विस्थापित गर्ने धम्की दिइरहेका छन्। मुसहर समुदाय अत्यन्त विपन्न र शोषित अवस्थामा रहेकोले यी धम्कीहरूले उनीहरूको आत्मसम्मान र मानव अधिकारमा गम्भीर चोट पुऱ्याएको छ ।’

उनीहरूले आवागमनको स्वतन्त्रताको हनन, दलित समुदायमाथि भेदभाव र अत्याचार, मानव अधिकारको उल्लङ्घन,‌न्यायसम्पादनमा ढिलासुस्ती गरेको आरोप लगाएको छ ।

तत्काल अवरोध हटाए पीडित मुसहर परिवारहरूको आवतजावतको मार्ग तत्काल खुलाउन आवश्यक कदम चाल्न ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

‘महेश यादवविरुद्ध कानूनी कारबाहीः पीडितहरूलाई आवतजावतमा अवरोध पुर्याउने, धम्की दिने, र सामाजिक भेदभाव गर्ने कार्यका लागि यादवविरुद्ध कानूनी कारवाही गर्न अपिल गर्दछौं,’ पत्रमा भनिएको छ ।

उनीहरूले दलित समुदायको आवतजावत सुनिश्चित गर्न सार्वजनिक रूपमा वैकल्पिक मार्गको व्यवस्था गरी दीर्घकालीन समाधानको पहल गर्न पनि माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ