बर्दिवासका १४ घर परिवारलाई दिने मुआव्जाको लागि कानुनी आधार देखिएन- मन्त्री दाहाल

विशाल बस्नेत/ न्युज कारखाना

१० असोज, महोत्तरी 

भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बर्दिवास रेल्वे स्टेशन निर्माणार्थ ओइलानी जग्गामा बसोबास गरिरहेकाहरुलाई मुआब्जा दिन सकिने  कानुनी आधार नभएको वताएका छन ।

निर्माणाधिन क्षेत्र वरपर वसोवास गर्दै आएका १४ घर परिवारलाई मुआब्जा प्रदान गर्न कानुनी आधार नभएतापनी क्षतिपूर्ति बापत दिन सकिने वाटोतर्फ सरकार अगाडि बढेको उनको भनाई छ ।

विहिबार भएको पत्रकार भेटघाट कार्यक्रममा लालपुर्जा भएका जग्गाधनीहरुलाई मुआब्जा प्रदान गरिसकेको वताउदै मन्त्री दाहालले ओइलानी जग्गामा बसेका १४ घरधुरीको लागि पनि छिट्टै निकास निकाल्ने वताए । रेल्वे स्टेशन र रेल्वे ट्र्याक वनाउने क्रममा व्यापक राजश्व छली भएको तर्फ पनि पत्रकारहरुले मन्त्री दाहाललाई ध्यानाकर्षण गराएका  छन ।

विशेषगरि बर्दिवास क्षेत्रमा निर्माणका क्रममा आएको नदीजन्य पदार्थमा मिलोमतोमा नै राजश्व छली भएको प्रमाणहरु रहेको पत्रकारहरुले दावी गरे । करोडौ राजश्व छली भएको विषयमा समबन्धित मन्त्रालयले कसरी हेर्छ भन्ने प्रश्नमा मन्त्री दाहालले अनुगमन निकायहरुसगँ छलफल गर्ने वताए ।

राजश्व छली कै विषयलाई लिएर नागरिक समाजले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ