सरिता कठायत
फाल्गुन २९ डोटी,
डोटी — नेपाल आयल निगम लिमिटेड ले एलपी ग्यासको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन ग्यास सिलिन्डरमा अस्थायी रूपमा आधा मात्र ग्यास भर्ने निर्णय गरेको जनाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा एलपी ग्यासको माग बढ्दै गएको छ। यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको बताइएको छ। नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने भारतमा समेत उपभोक्तालाई ग्यास प्राप्तिमा समस्या देखिएको समाचार सार्वजनिक भएपछि नेपालमा आवश्यकता भन्दा बढी ग्यास किनेर भण्डारण गर्ने प्रवृत्ति बढेको निगमले जनाएको छ। यस अवस्थालाई ध्यानमा राख्दै आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित गर्न आगामी २०८२ चैत २९ गतेदेखि अर्को निर्णय नभएसम्म १४.२ केजी क्षमताको ग्यास सिलिन्डरमा ७.१ केजी एलपी ग्यास मात्र भरी प्रति सिलिन्डर आधा मूल्य (करिब रु. ९५५) मा बिक्री वितरण गर्ने निर्णय गरिएको निगमले जनाएको छ।
