बोलेरो जीप दुर्घटना : ५ जना घाइते

मंसिर ,१८ डोटी
डोटी _ जिल्लाको सायल गाउँपालिका ४ खाली खोलामा बोलेरो जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । विहिबार सायल बाट दिपायल तर्फ आइरहेको सुप ०१-००१ च ४२५० नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको थियो । घाइते हुनेहरूमा जिल्लाको आदर्श गाउँपालिका -७ का ५४ वर्षीय हरिदेवी कापडी,सायल गाउँपालिका -२ ओखट्टेका ३१ वर्षीय  दिल्ली राज ओझा,सोही गाउँका ४० वर्षीय भोजराज ओझा,उनका छोरा वर्ष ११ का आमत ओझा, सोही गाउँका सुन्न बस्ने ४३ वर्षीय टेकराज ओझा रहेका छन् । घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि पठाएको प्रहरीले जानकारी गराएका छन् ।जीप चालक कञ्चनपुर पुनर्वास -२ का २८ वर्षीय ईश्वर थापा प्रहरीकाे नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी गरेको छ । चालक भने सकुशल रहेका छन् । घटनापछि प्रहरी सहायक  निरीक्षक दान सिंह कार्कीको कमाण्डमा ४ जना प्रहरी टोली घटनास्थल खटिएको थियोे ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार