बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

सरिता कठायत
मंसिर _१६  डोटी,
डोटी_ बाजुरा जिल्लाको त्रेवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू भएको छ । सोमबार जर्मन सरकारको आर्थिक सहयोग,त्रीवेणी नगरपालिकाको समन्वय तथा जिआई जेट (GIZ ) र सामुदायिक विकास केन्द्र (CDC ) डोटीको सहकार्यमा सञ्चालन हुने परियोजनाको एक कार्यक्रम बिच औपचारिक रूपमा सुरूवात गरिएको हो । करिब दुई वर्षसम्म लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण (GESI) क्षेत्रमा कार्य गर्ने उदेश्यका साथ सुरू गरिएको परियोजनाले विशेषगरी महिला,बालबालिका र सिमान्तकृत समुदायको अधिकार सुदृढीकरण,सहभागीता वृद्धि तथा स्वास्थ्य सेवामा पहुँच विस्तारमा केन्द्रित रहेर काम गर्ने कुरामा छलफल भएको छ । नगर उप – प्रमुख कमला जैशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि  नगर प्रमुख कर्ण थापा रहेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले कार्यक्रममा महिला,बालबालिका, सिमान्तकृत समुदायको क्षमतावृद्धि,अधिकार प्रवर्द्धन तथा स्वास्थ्य सेवामा पहुँच गर्न महत्त्वपूर्ण योगदान पुग्ने विस्वास व्यक्त गर्दै उनले भने संस्थाले गर्ने कार्यक्रममा नगरपालिकाको पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता गरेका छन् ।कार्यक्रमको उदेश्य,लक्ष्य तथा गतिविधिका बारेमा सामुदायिक विकास केन्द्र डोटीका कार्यक्रम मेनेजर दिनेश बमले जानकारी गराएका थिए । GIZ का प्रतिनिधि मारेन हुजरले यस परियोजना मार्फत दुईवटा कार्यक्रम एकसाथ सञ्चालन गरिने बारे प्रष्ट पारिन् । उनका अनुसार परियोजनाले स्वास्थ्य क्षेत्र रणनीति सहयोग कार्यक्रम र स्वास्थ्य क्षेत्रको लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण सहयोग कार्यक्रम सञ्चालन हुने जानकारी गराइन् । कार्यक्रममा बोल्दै नगर उप- प्रमुख जैशिले यो कार्यक्रमले समुदायका सबै तह,वर्गलाई सुनिश्चित गर्ने विश्वास व्यक्त गरिन् । नगरपालिकाले यो कार्यक्रमलाई पुर्ण सहयोग सँगै यसको सफल कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता गरेकि छन् । सन् २०२५ देखि २०२८ सम्म लागू हुने परियोजनाले लैङ्गकि रूपान्तरणमार्फत सिमान्तकृत समुदायलाई सशक्त बनाउँदै स्वास्थ्य सेवामा सहज,पहुँच,अधिकार,संरक्षण र नेतृत्व विकास तथा आर्थिक – सामाजिक उत्थानमार्फत न्यायोचित र समान विकास सुनिश्चित गर्ने लक्ष्य राखेको सामुदायिक विकास केन्द्रका कार्यकारी प्रमुख हेमराज जोशीले बताएका छन् । कार्यक्रममा नगरपालिकाका नगर प्रमुख,उप- प्रमुख, नगरपालिकाका प्रमुख प्रशासकीय  अधिकृत, सबै वडाका वडा अध्यक्षहरू, GIz का प्रतिनिधि,नगर तथा स्वास्थ्य संस्थाका कर्मचारी,पत्रकार,युवा क्लब,बाल क्लब, रेडक्रस तथा परियोजना कर्मचारीहरूको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार