लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सरिता कठायत
मंसिर -९ डोटी
डोटी_ लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथाहरू सम्बन्धि ३ दिने  नेतृत्व र पैरवी  सम्बन्धि प्रशिक्षण तालिम सम्पन्न भएको छ । शनिबारदेखि सञ्चालन भएको लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सोमबार शैलेश्वरी गेष्ट हाउसको हलमा सम्पन्न भएको  थियोे  । लैंगिक  हिंसा  महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले युरोपियन युनियन र संयुक्त रास्ट्र संघीय निकायको आर्थिक तथा प्राबिधिक सहयोगमा संचालित “सशक्त महिला, सम्वृद्धि नेपाल” कार्यक्रम अन्तर्गत “रुपान्तरका लागि संगसंगै” परियोजना मार्फत ३  दिने “ नेतृत्व र पैरवी सम्बन्धि कार्यक्रम गरेको  थियोे  । लिंगमा आधारित हिंसा र हानिकारक परम्परागत अभ्यासको रोकथाममा नेतृत्व दायी भूमिका निर्वाह गर्न सक्षम बनाउने,लैंगिक हिंसा र हानिकारक परम्परागत प्रथा रोकथाम सम्बन्धि स्वरूप कारण,प्रभाव र कानुनी संरचनाबारे ज्ञान प्रदान गर्ने, नेतृत्व र प्रभावकारी पैरवी कौशल विकास गर्ने,लैंगिक समानता र मानवअधिकारप्रति उत्तरदायी नेतृत्व प्रवर्द्धन गर्ने कार्यक्रमको उदेश्य रहेको ओरेक संस्थाका प्रदेश संयोजक सपना थापाले जानकारी गराएको थियोे । ३ दिनको तालिमले लैंगिक हिंसाका बारेमा धेरै कुरा जान्ने अवसर मिलेको बेलौरी नगरपालिकाबाट सहभागी भएकी कल्पना चौधरीले बताइन् । उक्त कार्यक्रममा डोटीको दिपायल सिलगढी नगरपालिका,बाजुराको बडिमालिका  नगरपालिका र कञ्चनपुरको बेलौरी नगरपालिका गरी ३ जिल्लाका २७ जना सहभागी थिए ।  सस्थाले यो परियोजना मार्फात सुदुरपश्चिम प्रदेशको  कैलाली, कंचनपुर,बझांग, बाजुरा र डोटी  जिल्ला गरि  १२ वटा स्थानीय तहका प्रत्यक्ष रुपमा कार्यक्रम संचालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार