अहान कन्स्ट्रक्सन प्रा.लि.का प्रोप्राइटर अमर खड्काको पहलमा चासि सडक सरसफाइ र मर्मत

सरिता कठायत

असोज १३ डोटी

डोटी : जिल्लाको आदर्श गाउँपालिकाको वडा नम्बर १ चासि सडक खण्डम अहान कन्स्ट्रक्सन प्रा.लि.का प्रोप्राइटर अमर खड्काको पहलमा सोमबार सडक सरसफाइ सँगै मर्मत कार्य गरिएको छ ।  दशै तिहारलाई लक्षित गर्दै  सरसफाइ र  भत्किएको ठाउँहरूमा मर्मत कार्य समेत गरेको खड्काले डोटी खबरलाई जानकारी गराएका हुन । सडक सरसफाइ र मर्मत कार्यमा वडा अध्यक्ष ,स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको उनले बताए ।  सरसफाइका क्रममा पनेतोलाको  गजुड देखि मल्लो चासि सम्म  सडक  सफा र मर्मत गरिएको थियोे ।आफ्नो गाउँघर जाने सडक बाटोलाई सफा बनाउनु स्थानीय सरकारको मात्रै दायित्व होइनन् हामी सबैको  कर्तव्य हो त्यसैले आफ्नो कम्पनीको पहलमा सो कार्य गर्न सफल भएको उनले भने । सडक सरसफाइ र मर्मत कार्यमा युवाहरूलाई एकजुट गराएर काम गरेकोमा अहान कन्स्ट्रक्सनका प्रोप्राइटर अमर खड्कालाई आदर्श गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भरत खड्काले धन्यवाद समेत दिए  । कम्पनीले आगामी दिनमा पनि यस्तै  समाजमा उदाहरणीय कार्य गर्न पनि खड्काले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार