
सरिता कठायत
भाद्र २५ डोटी
डोटी : जिल्लामा रहेको बाल सुधार गृहमा रहेका ५२ जना कैदीबन्दी भागेका छन् । बाल सुधार गृहमा ५३ जना कैदिबन्दी रहेकोमा ५२ जना भागेको बाल सुधार गृह डोटीका प्रशासकीय प्रमुख सानुमाया लिम्बू गरूङ्ले बताएन् । उनका अनुसार १ जना कैदी भने नभागेको जानकारी गराएको छ । कैदीबन्दी भागेर जादा कार्यालयमा भने त्यस्तो तोडफोड नगरिएको पाएकाे समेत गुरूङ्ले भनिन् । उनिहरू हिजो साझ ८:३० बजेतिर कार्यालय बाट भागेका थिए ।