डोटी बहुमुखी क्याम्पसमा अध्यनरत छात्रालाई स्यानिटरी प्याड हस्तान्तरण

सरिता कठायत
साउन २९ डोटी
डोटी : डोटी बहुमुखी क्याम्पसमा अध्यनरत छात्रालाई स्यानिटरी प्याड हस्तान्तरण गरिएको छ । जिल्लाको के.आई. सिंह गाउँपालिका द्वारा क्याम्पसमा अध्यनरत छात्रालाई स्याननिटरी प्याड हस्तान्तरण गरिएको हो । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा रहेको डोटी बहुमुखी क्याम्पसमा अध्यनरत छात्राहरूको स्वास्थ्यलाई मध्यनजर गरेर स्वतन्त्र विद्यार्थी युनियनको पहलमा प्याड दिएको के. आई. सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताएका छन् । उहाँले क्याम्पसमा यसभन्दा अगाडि ३० वटा पङ्खा समेत पालिकाले सहयोग गरेको अध्यक्ष शाहीले भनेका छन् । क्याम्पसले गरीब तथा विपन्न समुदायबाट अध्ययन गर्ने विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्दै आइरहेको भएता पनि अन्य पूर्वाधारका दृष्टिकोणबाट संस्थाले विविध समस्याहरू व्यवहोरी रहेको स्वतन्त्र विद्यार्थी युनियन डोटी क्याम्पसका सभापति इन्द्र बहादुर राणाले बताए । उनले के.आई सिंह गापाले आफूहरूको टिमले माग गरेका कार्यहरूमा सहयोग गरेको बताएको छ । छात्राहरूको सहजताका लागि ६०० प्याकेट प्याड र यो भन्दा  भन्दा अगाडि क्याम्पसको छात्रावासमा ३० वटा पंखा जडानका लागि सहयोग गरेकोमा  पालिका परिवारलाई धन्यवाद साथै आवस्यक सामाग्रीहरू आगामी दिनमा पनि सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा समेत राणाले राखेका छन् । डोटीको पुरानो क्याम्पस हो यो क्याम्पसको सबै स्थानीय तहले समेत चिन्तित भएर लागेमा शिक्षा सँगै अन्य भौतिक तथा रचनात्मक कार्यमा  राम्रो हुनेथियो सभापतिको भनाइ  रहेको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार