वृद्धावस्था तथा लैंगिक हिंसा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम

जेठ  ८ डोटी
सरिता कठायत
डोटी: वृद्वावस्था तथा लैंगिक  हिंसा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ ।  बिहीबार दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वृद्वावस्था तथा लैंगिक हिंसा व्यवस्थापनका लागि १ दिने कार्यक्रम गरेको हो । समुदायमा  रहेका वृद्वावस्था तथा लैंगिक हिंसामा रहेका मानिसहरूलाई स्वास्थ्यकर्मी,तथा महिला स्वास्थ्य स्वयंसेवीका र  संस्थाहरूको साथ रहेको दिपायल सिलगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले बताएका छन् । लैंगिक हिंसा भनेको समाजमा जरा गाडेर बसेको छ यसलाई जरैदेखि हटाउन सबैले लाग्नुपर्ने दिपायल सिलगढी नगरपालिकाका नगर उप प्रमुख कलावति महर साउदले बताएकी छन् । पछिल्लो समयमा हाम्रो पालिकामा पनि लैंगिक हिंसामा परेका महिलाहरू खुलेर आउन थालेका साउदले भनिन् । नगरपालिका र सरोकारवाला सैबैले हातेमालो गरेर अगाडि जान जरुरी रहेको उप प्रमुखले भनेकी छन् ।  एकद्वार संकट व्यवस्थापन समिति (OCMC)  भनेको के हो र सो ठाउँबाट  दिने सेवा सम्बन्धिका बारेमा जिल्ला  अस्पताल डोटीका मेडिकल अधिकृत तथा OCMC संयोजक डा.अमित नेपालिले  सहभागीहरूलाई जानकारी गराएका छन् । हिंसामा रहेका मानिसहरू स्वास्थ्यमा अन्तिम चरणमा आउने गर्छन् तर त्यो भन्दा अगाडि नै समुदायमै पहिचान गरेर हिंसालाई  जटिल परिस्थितिमा हुन बाट सबैले लाग्नुपर्ने नेपालिले बताए ।  एकद्वार संकट व्यवस्थापन समितिले नि: शुल्क स्वास्थ्य उपचार,मनोसामाजिक परामर्श, सुरक्षा, कानुनी उपचार, सुरक्षित आवास गृह ,पुनः स्थापना सहयोग यादि एकैठाउँबाट उपलब्ध हुने कुराहरू सहभागीहरूलाई Ocmc मा  कार्यरत मामिला व्यवस्थापन जानकी चन्दले जानकारी गराइन् । कार्यक्रममा नगर उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर स्वास्थ्य प्रमुख,जिल्ला अस्पताल मेडिकल अधिकृत,स्वास्थ्यकर्मी, सिएमसि.ocmc, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार लगायतको सहभागी रहेको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमद्वारा मंसिर महिनामा १६० जना सडकआश्रितको उद्धार, ८५ जनाको पारिवारिक पुनर्मिलन

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बोलेरो जीप दुर्घटना : ५ जना घाइते

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

बाजुराको त्रीवेणी नगरपालिकामा लैङ्गकि रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना लागू

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

लैंगिक हिंसा तथा हानिकारक परम्परागत प्रथा सम्बन्धि ३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा पहिलो डडेलधुरा स्वास्थ्य कार्यालय  दोस्रो डोटी

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

सुदूरपश्चिममा उत्कृष्टतामा झुल्कियो डोटी स्वास्थ्य कार्यालय, प्रदेशभरि दोस्रो

बसाइँ सराइले रित्तिँदै पुनेपाटा गाउँ