जेठ ६ डोटी
सरिता कठायत
डोटी: डोटीमा चट्याङ लागेर फेरि दुई बालिका घाइते भएकी छन् । जिल्लाको जोरायल गाउँपालिका वडा नं २ कठपते बस्ने गोपाल दर्लामीको छोरी वर्ष १७ कि दिपिका दर्लामी र नातनी वर्ष २ कि प्रतिका दर्लामी घाइते भएकी छन् । मंगलबार साझ ८:३० बजेको समयमा घर नजिकै रहेको सल्लाको रूखमा चट्याङ पर्न गई चट्याङको झिल्काले घर भित्र रहेका दुई बालिकालाई चोट लागेको छ । दिपिकाको छाती र पेटमा चोट लागेको स्वास्थ्य अवस्था मध्यम रहेको र प्रतिका भने अचेत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी गराएको छ । दुबै जनालाई उपचारका लागि धनगढी पठाएको जि.प्र.का डोटीले बताए ।


